Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलोपालोको रष्षाकष्सीले प्रदेश सरकारमा विश्वासको संकट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । सात प्रदेशले मुख्यमन्त्री पाए पनि अन्य पदमा सहज व्यवस्थापन नहुँदा सत्तारुढ गठबन्धनलाई भागवण्डा मिलाउन समस्या भएको छ । केन्द्रको सहमतिमा प्रदेशका नेता सहमत नभएपछि समस्या जटिल बन्दै गएको हो । कर्णाली, लुम्बिनी प्रदेशमा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालोमा सहमति भएको छ भने प्रदेश १ मा त्यही विषयले सरकार विस्तारमा समस्या भएको छ ।

प्रदेश एकमा विद्यार्थी राजनीतिबाट उदाएका यसअघिका मुख्यमन्त्रीको विरासत निरन्तरता दिँदै हिक्मत कार्कीले मुख्यमन्त्रीको सपथ लिइसक्नुभएको छ । तर सोही दिन मन्त्री भएकाहरुको अझसम्म मन्त्रालय टुंगो लागेको छैन । माओवादी केन्द्रले प्रदेश १ मा आलोपालो हुनुपर्ने मागसहित पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम दिएको छैन । प्रदेश १ मा तीन दलको समर्थनमा कार्की मुख्यमन्त्री बन्नुभएको हो । मन्त्रालय भागवण्डा र आलोपालोको विषय मिलेपछि सरकारमा सामेल हुने अडानमा माओवादी छ । सत्ता गठबन्धनको बैठकले प्रदेश– १ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको थियो । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपा १ गरी ६० सांसदको समर्थनमा एमालेले प्रदेश एकमा सरकारको नेतृत्व पाएको हो ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि यही माग राखेको छ । भागवण्डामा पाँच वर्ष एमालेले मुख्यमन्त्री पाउने केन्द्रमा सहमति भएकोमा आलोपालो हुनुपर्ने भन्दै माओवादीले सरकारलाई समर्थन दिए पनि आलोपालोको अडान छाडेको छैन । आलोपालोमा एमाले केन्द्रीय नेतृत्वले सहमति जनाएपछि माओवादी सांसदले एमाले प्रत्याशी लीला गिरीलाई समर्थन गरेका थिए । एमाले संसदीय दलका नेता गिरी ७ दलका ५८ सांसद समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाँच वर्षका लागि पाएको भए पनि एमालेले हक खोजेपछि त्यहाँ पनि आलोपालोको सहमति भएको बताइएको छ । पहिलो चरणमा सरकारको नेतृत्व गर्ने सहमतिअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनिसक्नुभएको छ । यसअघि सत्ता गठबन्धनमा कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले एकलौटी पूरा कार्यकाल गर्ने सहमति भएको थियो । मुख्यमन्त्रीमा दाबी पेस गर्ने अन्तिम समयमा आएर माओवादी र नेकपा एमालेबीच थप सहमति भएको हो ।

यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशमा एमाले माओवादी केन्द्रबीच आलोपालोको निर्णय यथावत छ । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पहिलो कार्यकालको बाजी मार्नुभएको छ । गण्डकी प्रदेशमा एमालेको पाँच वर्ष नै मुख्यमन्त्री हुने सहमतिअनुसार खगराज अधिकारी मुख्यमन्त्री बन्नुभएको छ । तर छ वटै प्रदेशमा एमाले माओवादीबीच आलोपालो हुने भएपछि यो प्रदेश पनि अछुतो नरहने नेताहरू बताउँछन् ।

मधेश प्रदेश पनि आलोपालोको रोगबाट मुक्त हुन सकेको छैन । जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सरोज यादवले आधा कार्यकालपछि जनमत पार्टीलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४