Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।
तर दुबैले बहुमत जुटाउन सकेनन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ ।

गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाए । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

कांग्रेसका उम्मेदवार रावलले आफ्नै दलको (जेष्ठ सदस्य बाहेक १८) मतका साथै एकीकृत समाजवादीका ४ र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीको थप मत पाएका छन् । सभामुखका उम्मेदवार रावलले जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण भोट हालेनन् ।

तर सत्ता गठबन्धनका दुई प्रदेशसभा सदस्य बैठकमै अनुस्थित भए भने एक जनाको मत बदर भयो र गठबन्धनका उम्मेदवार भण्डारीले निर्वाचित हुन चाहिने बहुमत अर्थात २७ मत पु¥याउन सकेनन् । अब भोलि विहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४