Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीलाई २–० ले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो ।

आफ्नै मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई विजयी गराउन सिको मारा र मौसा डेनेपोले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २८ औं मिनेटमा मौसाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै साउथह्याम्पटनका प्रशिक्षक नाथन जोन्सले आफ्नो करियरकै ठूलो जित हात पारेका छन् ।

राति नै भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई पेनाल्टी सुट आउटमा हराउँदै नटिङ्घम फरेष्ट पनि सेमिफाइनलमा पुगेको छ ।

खेलको निर्धारित समयमा नटिङ्घमका विली बोली र वुल्भरह्याम्पटनका राउल हिमिनेजले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।

पेनाल्टी सुट आउटमा नटिङ्घम फरेष्ट ४–३ ले विजयी भयो । पेनाल्टी सुट आउटमा नटिङ्घमका रेमो फ्रेउलेर, जोई वारल, मोर्गान गिब्स ह्वाइट र ज्याक कोलब्याकले गोल गरे । सोम सुरिजले गोल गर्न सकेनन् ।

वुल्भरह्याम्पटनका ड्यानियल पोडेन्स, म्याथिअस नुनेज र म्याथिअस कुन्हाले गोल गरे । रुवेन नेभेस र जोई हगले गोल गर्न सकेनन् ।

यसअघि म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड सेमिफाइनलमा पगेका थिए ।

फरेष्टले अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । अर्को सेमिफाइनलमा साउथह्याम्पटन र न्युकासलबीच भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४