Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वासको मत दिएर ओली–प्रचण्डमा विग्रहको बिउ रोप्न चाहन्छन् देउवा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 3K
    SHARES

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिंदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरुको दाबी छ । उनीहरुका अनुसार विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा बोलाउने छन्, जसले एमाले र माओवादी (ओली–प्रचण्ड)बीच विग्रह सुरु हुनेछ ।

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची छ । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए, जहाँ कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइराला समेत उपस्थित थिए ।

बैठकमा सभापति देउवासँगै संस्थापन पक्षका सबै नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विश्वासको मत नदिने र पार्टी प्रतिपक्षमा बस्नुपर्ने मत राखेका थिए ।

डा. शेखर कोइराला भने प्रष्ट खुलेका छैनन् । एक पदाधिकारी भन्छन्, ‘अहिले केहीबेरमा कार्यसम्पादन समितिको बैठक बोलाइएको छ, त्यसमा उहाँले आफ्ना कुरा राख्नुहोला ।’ संस्थापन पक्षको प्रष्ट बहुमत भएकाले कार्यसम्पादन समितिले पनि देउवाको चाहनाअनुसार नै निर्णय गर्ने एक पदाधिकारी बताउँछन् ।

किन प्रचण्डलाई मत दिन चाहन्छन् देउवा ?

गठबन्धन बनाएर चुनाव लडेका देउवा पूर्वसहमति अनुसार आफूलाई प्रधानमन्त्री पद छाड्न तयार नभएपछि १० पुसमा माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर हिंडेका थिए । संस्थापन पक्षका केही नेता त प्रधानमन्त्री प्रचण्डले सभामुख दिन नसक्ने, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल बनाउने आश्वासन दिएको दाबी गर्छन् ।

प्रचण्ड बालुवाटारबाट निस्किंदासम्म उपसभापति पूर्णबहादुर खड्का लगायतका कांग्रेस नेताहरु भन्दै थिए, ‘प्रचण्डजी खाना खान जानु भएको हो, फर्किएर आउनु हुन्छ ।’ देउवा भने प्रचण्ड नआए एमालेको समर्थनमा भएपनि प्रधानमन्त्री हुने योजनामा थिए । एमाले नेताहरुले आश्वासन पनि दिएका थिए ।

तर न प्रचण्ड फर्किएर कांग्रेससँग सम्वाद गर्न गए, न एमालेले देउवालाई समर्थन गर्‍यो । बरु प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाए र प्रधानमन्त्री बने ।

कांग्रेस नेताहरुका लागि यो निकै अनपेक्षित थियो । सत्ता गठबन्धन जोगाउन नसक्दा ‘स्तब्ध’ भएका कांग्रेस नेताहरु, फेरि सक्रिय भए । खासगरी उपसभापति खड्का । नेताहरुका अनुसार कांग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री छाड्ने बचन दिँदाका एक मात्र साक्षी हुन् खड्का । अन्तिमसम्म पनि प्रचण्डलाई प्रधानमन्त्री दिएर पनि गठबन्धन जोगाउनुपर्ने मत राखेका कारण माओवादी अध्यक्ष पनि उनीप्रति सकारात्मक नै छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन जोगाउनुपर्ने मत राख्दै आएका माओवादी उपमहासचिव जनार्दन शर्माले पनि देउवालाई भेटे र विश्वासको मत दिन आग्रह गरे ।

नेताहरुका अनुसार २२ पुसमा आइपुग्दा उपसभापति खड्कासहितका नेताहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिसकेका थिए । त्यो दिन देउवा निवास, धुम्बाराहीमा भएको छलफलमा खड्काले विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने तर्क गरेका थिए । एक पदाधिकारीका अनुसार देउवा आफैं भने विश्वासको मत दिने कि नदिने अलमलमा देखिएका थिए ।

पछिल्लो दुई दिन (२३–२४) मा खड्कासँगै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि यो लबिइङमा लागे । उनीहरुले डा. शेखर कोइरालासँग समेत छलफल गरेका थिए । खड्काले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेको स्रोतको दाबी छ । सोमबार साँझ त प्रधानमन्त्री प्रचण्ड आफैं विश्वासको मत माग्न कांग्रेस सभापति देउवाको निवासमा पुगेका छन् ।

अब भने देउवा पनि विश्वासको मत दिने पक्षमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरुको दाबी छ । उनीहरुका अनुसार विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा बोलाउने छन्, जसले एमाले र माओवादी (ओली–प्रचण्ड)बीच विग्रह सुरु हुनेछ । ‘हामीले दिएको विश्वासको मतले एमाले र माओवादीबीच विश्वासको संकट पैदा हुन्छ, विग्रह सुरु हुन्छ,’ एक नेता भन्छन् ।

संस्थापन पक्षका केही नेता त प्रधानमन्त्री प्रचण्डले सभामुख दिन नसक्ने, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल बनाउने आश्वासन दिएको दाबी गर्छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरु भने यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । कांग्रेसलाई के बचन दिएको हो भन्ने प्रश्नमा माओवादीका एक पदाधिकारीले भने, ‘अहिले विश्वासको मत हाल्न दिनुस् न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४