Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने, विश्वासको मतबारे अझै अनिर्णित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् । उनी भन्छन्, ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४