Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘यो नेपाली जनताले बनाएको सरकार हो, षड्यन्त्र काम लाग्दैन’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ ।

काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र नेपालको सफलता भएको बताउनुभयो ।

अरुले सरकार बनाइदिनु पर्ने, अरुले भनेको स्विकार्दिनु पर्ने, पार्टीहरु मिलेर गए भने फुटाइदिने खेललाई नेपाली जनता रोक्न सफल भएको उहाँको दाबी छ ।

पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सरकारले विश्वासको मत प्राप्त गर्दैन भन्ने ठान्ने र ढाल्न गरिएका प्रयास काम नलाग्ने समेत बताउनुभयो ।

अहिले नेपाली कांग्रेसले प्रधानमन्त्री र सभामुख लगायतका पद बाँडिरहेको उहाँको आरोप छ । उहाँले बलजफ्ती, असंसदीय, असंवैधानिक ढंगले अलोकतान्त्रिक तरिकाले राष्ट्रिय राजनीतिलाई गलत ठाउँतिर लान खोजिएको समेत आरोप लगाउनुभएको छ ।

एमालेले यसअघि नै निर्वाचनपछि परमादेशी सरकारलाई पराजित गरेर नयाँ जनादेशबमोजिम नयाँ ढंगले सरकार अगाडि बढाउँछौं भनेका स्मरण गराउनुभएको थियो । निर्वाचनपछि सफलतापुर्वक त्यो काम गरेको उहाँको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलतबाटोमा गएको राजनीति आफूहरुले सही बाटोमा ल्यायौं भनेको तर्फ संकेत गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुलाई कोर्स करेक्सन भनेको बताउनुभयो ।

तत्कालिन एमाले नेतृत्वको सरकार ढालेर राजनीतिलाई सही ट्रयाकमा ल्याएको ब्याख्या गर्नुलाई कठैबरा भन्न सकिने ओलीको तर्क थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४