Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तातोपानी नाका पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं  । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा  ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ ।

शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् ।

उनीहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गरेका छन् । ‘पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ । प्रभावकारी ढङ्गबाट सुचारु हुन सकेको छैन’, ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रम अघि बढाइयोस् ।’

अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र पहल जारी रहने बताउनु भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४