Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसले घोषणा गरेको ३६ घण्टे युद्धविराममा समेत युक्रेनमाथि आक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएकाे थियाे ।

तर साेही युद्धविराकाे समयमा समेत पूर्वीयुक्रेनमा थप लडाई भएकाे हाे । युक्रेनले यसअघि नै पुटिनको युद्धविराम घोषणाप्रति अविश्वास प्रकट गर्दै आएको थियो । युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जिकीर गर्नुभएको थियो ।

रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपील अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताउनुभएको थियो । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ तारिख (आज शनिबार) क्रिसमस मनाउने गरेको छ ।

रुसद्वारा एकतर्फी रूपमा आह्वान गरिएको युद्धविरामको पालना युद्धग्रस्त क्षेत्रमा नभएको जनाइएकाे छ । युद्ध ग्रस्त क्षेत्रमा भएका आक्रमणमा रुसी र युक्रेनी पक्षले एक-अर्कालाई पहिले हमला सुरु गरेको आरोप लगाएका छन् । रुसी हमलामा परेर एक जना युक्रेनी उद्धारकर्ताकाे मृत्यु भएकाे छ ।

रुसी सरकारी टेलिभिजनले डोनेत्स्क शहरमा हमला भएको जनाइएको छ । रुसी रक्षा मन्त्रालयले युद्ध भएका स्थानहरूमा पूरा समय युद्धविरामलाई मनन गरिने बताएको छ । तर उसले कीभलाई रुसीहरू रहेका ठाउँ र अधिनस्थल युक्रेनी भू-भागका बस्तीमा बमबारी गरेको आरोप लगाएको छ।

युद्ध विराम सुरु भएको केही समयमा नै युक्रेनभर हवाई हमलाको चेतावनी दिने साइरन बजेको युक्रेनले जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४