Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बारेमा आज सर्वोच्चमा छलफल हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादकाे बारेमा आझ शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार उपप्रधानमन्त्री लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादकाे बारेमा छलफल हुन लागेको हो । संवैधानिक इजलासले सोही रिटमाथि सुनुवाई गर्दै यहि पुस ६ गते कारण देखाउ आदेश जारी गरेको थियो । संवैधानिक इजलासले लामिछानेलाई सांसदका रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई शुक्रबार बोलाएको छ ।

संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधि सभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा छुट्टा-छुट्टै लिखित जवाफ पठाएका छन् ।

लामिछानेले अमेरिकाको नागरिकता लिना साथ नेपाली नागरिकता खारेज भएको र उहाँ नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरी नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन परेको थियो ।

अर्को रिट निवेदनमा मन्त्री लामिछानेले एकसाथ अमेरिका र नेपालको पासपोर्ट प्रयोग गरेकाले उहाँमाथि छानविन र कारबाही हुनुपर्ने माग गरिएकाे छ ।

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनमा मन्त्री लामिछाने चितवन–२ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा उहाँ नियुक्त हुनुभएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४