Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगको लागि क्लब दर्ता गर्ने समय आज सकिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 3K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि क्लब दर्ता गर्ने समय शुक्रबार सकिँदैछ । बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगमा तीन टोली दर्ता हुन बाँकी रहेका छन् । नेपालको ‘ए’ डिभिजनमा अहिले १४ क्लब रहेका छन् ।

हालसम्म चर्च ब्वाइज, त्रिभुवन आर्मी क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले दर्ता गरेको एन्फाले जनाएको छ । मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब र च्यासल युथ क्लबले दर्ता गर्न बाँकी छ ।

पुलिस क्लब बाहेक दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिइसकेका छन् । एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।

शीर्ष डिभिजनको लिग आगामी फागुन १९ गतेबाट सुरू हुँदैछ । यसपटकको लिग दोहोरो राउण्ड रोबिनको आधारमा हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४