Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले नपठाएको शुभकामना म्यानमारको पत्रिकामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । सैनिक शासन चलिरहेको म्यानमारको एउटा दैनिक पत्रिकामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । म्यानमारको सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’ मा बुधबार म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भनेर शुभकामना सन्देश प्रकाशित भएको हो ।

म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने ‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत नाममा शुभकामना सन्देश प्रकाशित गरिएको छ । शुभकामना सन्देशमा त्यहाँका सैन्य नेता जनरल मिन आङ हृलाइङको स्वास्थ्य लाभको कामनासमेत गरिएको उल्लेख छ ।

उक्त पत्रिका प्रकाशित समाचारमा उल्लेख गरिएको छ- ‘म्यान्मारको ७५औं हीरक स्वतन्त्रता दिवशको उपलक्ष्यमा प्रिय मित्र (जनरल मिन आङ हृलाइङ), सहिद र म्यान्मारको सम्पूर्ण जनतालाई स्वतन्त्रता दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रिय मित्रलाई सुस्वास्थ्यको कामनासहित म्यान्मारका सम्पूर्ण जनताको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।’

‘म्यान्मा अलिनो’ दैनिक पत्रिका म्यानमारको सेनाको मुखपत्र हो । त्यहाँका अन्य सबै प्रेसमाथि सैनिक सरकारले प्रतिबन्ध लगाएको छ । उक्त पत्रिकामा नेपालसँगै रसिया र कम्बोडियाको सरकारको पनि शुभकामना सन्देश प्रकाशित गरिएको छ । यसरी प्रकाशित भएको शुभकामना सन्देशमा जनरल मिन आङ हृलाइङलाई समेत सम्बोधन गरेपछि नेपाल सरकारले त्यहाँको सैनिक सरकारलाई समर्थन गरेको सन्देश प्रवाह भएको छ । प्रजातन्त्रवादी नेतृ सुकीलाई नजरबन्दमा राखेर शासन चलाइरहेको सैनिक सरकारको कदमलाई अहिलेसम्म धेरै मुलुकले समर्थन गरेका छैनन् ।

राष्ट्रपति कार्यालय शितल निवासले भने नेपालबाट यस्तो कुनै प्रकारको सन्देश म्यानमार पठाएको छैन । राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीमार्फत त्यस्तो कुनै पनि सन्देश नपठाएको जन प्रहारलाई बताएका छन् । ‘राष्ट्रपति कार्यालयले त्यस्तो प्रकारको कुनै पनि सन्देश म्यानमारको सरकारलाई पठाएको छैन,’ उनले भने ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई त्यहाँको सैनिक सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । त्यसको विश्वभरबाट विरोध भइरहेको छ । नोबेल पुरस्कार विजेता ७७ वषर्ीया सुकीले आˆनो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा बिताएकी छन् ।

गएको शुक्रबार मात्रै म्यानमारको सैन्य अदालतले उनलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । सैन्य अदालतले उनको सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ ।

उनलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको थियो । उनीमाथि सैनिक सरकारले लगाएका १९ वटा आरोपमाथि १८ महिना लामो अनुसन्धान र सुनुवाइ चलाएको थियो । संयुक्त राष्ट्रसंघले गत साता मात्र सुकीलाई रिहा गर्न आग्रह गरेको थियो ।

यस्तो छ शुभकामना सन्देश

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४