Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनलाइनमा प्लम्बर : धारा, बिजुली मर्मत कसले गर्छ, कति शुल्क ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । घरमा धारा, सेफ्टी ट्यांकी, बिजुलीमा समय-समयमा समस्या आइरहन्छ । यस्तो बेला के गर्ने, कसलाई खोज्ने भन्ने दुविधा हुन्छ । फेरि सानोतिनो काम भन्दै मर्मतसम्भारका लागि त्यससम्बन्धी काम गर्ने व्यक्ति पनि हत्तपत्त आइदिंदैनन् ।

अहिले घरको धारा, सेप्टी ट्यांकी, बिजुलीको मर्मतसम्भार गर्ने जनशक्तिलाई अनलाइनमार्फत नै सम्पर्क गर्न सकिन्छ ।

त्यस्ता सेवा प्रदायकहरू कहाँ, कति छन् ? कसरी सम्पर्क गर्ने ? कुन क्षेत्रमा काम गर्छन् ? कति शुल्क लिन्छन् ? यहाँ यसै विषयमा चर्चा गरिएको छ ।

क्वीक फिक्स

सम्पर्क : ०१-५९०९५१९

घरको धारा, बिजुली, सीसीटीभी क्यामरा, कम्प्युटर, भान्साको उपकरण मर्मत गर्न क्वीक फिक्सलाई सम्झन सकिन्छ । साथै यसले घर रंगरोगन र पार्केटिङको पनि काम गर्छ ।

घरको धारा, बिजुली बिग्रिएको छ भने क्वीक फिक्सलाई फोन गरे पुग्छ । क्वीक फिक्सले काठमाडौंसहित वीरगञ्ज र हेटौंडामा पनि सेवा प्रदान गर्दै आएको छ । यहाँ एक पटक सेवा लिए बापतको शुल्क ३५० रुपैयाँबाट सुरु हुन्छ । कुन सामान कति समय लगाएर मर्मत गर्नुपर्ने त्यसअनुसार शुल्क लाग्छ ।

धारा बिजुली

सम्पर्क : ९८४६८९८८४८

घरको धारा र बिजुली बिग्रेर तनाव भएको छ भने अनलाइनमार्फत सेवा लिन सकिने अर्को नाम हो धारा बिजुली ।

धारा बिजुलीले काठमाडौं उपत्यकामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसले उपत्यकाका छिमेकी जिल्लामा समेत सेवा दिने गरेको छ । धारा बिजुलीको सेवा शुल्क ६ सय रुपैयाँबाट सुरु हुन्छ । कामको प्रकार समयअनुसार शुल्क बढ्दै जान्छ ।

धारा बिजुलीले इन्टेरियर, कम्प्युटर मर्मत र रंगरोगनको सेवा पनि प्रदान गर्दै आएको छ । छिटो र भरपर्दो सेवा प्रदान गर्दै आएको धारा बिजुलीले छिट्टै काठमाडौं उपत्यका बाहिर पनि आफ्नो सेवा विस्तार गर्दैछ ।

टोटल होम सोलुसन नेपाल

सम्पर्क : ९७४५३४०१५७

टोटल होम सोलुसनले घर निर्माणसम्बन्धी सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्दै आएको छ । निर्माण मात्र होइन मर्मतको काम पनि यसले गर्दै आएको छ ।

होम सोलुसनले धारा, ट्यांकी, बिजुली, सीसीटीभी, फल सिलिङ लगायत मर्मतको काम गर्छ । काठमाडौं उपत्यकामा आफ्नो सेवा दिइरहेको टोटल होम सोलुसनको सेवा शुल्क २५० रुपैयाँबाट सुरु हुन्छ । त्यसपछि सामानको मर्मत र समयअनुसार शुल्क लाग्छ ।

ए टु जेट मर्मत इलेक्ट्रिकल र प्लम्बिङ

सम्पर्क : ९८१०७२०२०

घरको धारा बिजुली बनाउन ए टु जेट इलेकट्रिकल र प्लम्बिङलाई सम्झन सकिन्छ । ए टु जेटले धारा, बिजुली, सीसीटीभी, मेसिन लगायतका सामानको सम्पूर्ण मर्मत गर्छ । अनलाइनमार्फन सम्पर्क गर्न सकिने ए टु जेडको सेवा शुल्क ६०० रुपैयाँबाट सुरु हुन्छ । यसको सेवा काठमाडौं उपत्यकाभर लिन सकिन्छ ।

प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङ

सम्पर्क : ९८१८३३४५३५

प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङ अनलाइनमार्फत मर्मत सेवा दिने अर्को कम्पनी हो । यसले धारा र बिजुली मर्मतको काम गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा सेवा प्रदान गर्दै आइरहेको प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङको सेवा शुल्क १०० रुपैयाँबाट सुरु हुन्छ । कामको प्रकृति र समयअनुसार अन्य शुल्क लाग्छ । यस कम्पनीले उपत्यकाबाहिर पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४