Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी ‘आज सहमति जुटाएर भोलिसम्म सार्वजनिक गर्ने तयारी’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार सात दलबाट एक–एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो ।

जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार बिहीबार मस्यौदालाई अन्तिम रुप दिएर भोलि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४