काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।
उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले जेल सजायँ भोगिरहेका छन् । गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
यसअघि पुस १४ गते उक्त पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।