काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।
नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएको छ ।
तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका उनले आफू नभागेको बताए । ‘हल्ला चलेजस्तो हामी भागेका होइनौं । बैंक ट्रान्सफरको काम मिलाउन आएको हो, १-२ दिनमा फर्कन्छौं । हाम्रो ५० जनाको लाइभ क्रु नेपालमै छ’, जतिनले भने ।
खेलाडीलाई टिमका मालिकहरुले र अम्पायर तथा अरु अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक दिनुपर्ने भन्दै उनले भने, ‘ खेलाडी र अफिसियललाई तलब हामीले दिने होइन ।