Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालद्वारा विभिन्न मन्त्रालयको काम कारबाहीबारे चासो व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिनुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका काम कारबाहीको विवरण लिनुभएको हो ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गर्नुभएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिनुभयो ।

त्यसक्रममा सचिवहरुले आ-आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गर्नुभएको थियो ।

मुख्य सचिव बैरागीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोली आउँछ । हामी छलफलकै क्रममा छौं । विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुती भएको छ । केही निकायहरु बाँकि छन । त्यो भोली सबैको विवरण लिईसकेपछि सम्माननीय प्र्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायहरुले कसरी काम गरिरहेका छन ? के भईराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरुले आ–आफ्नो मन्त्रालयका इस्यूहरु र आफूले भोग्नु परेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोलि हुन्छ ।’

तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनु हुने छ । प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिनुभएको हो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४