Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो । गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा उहाँले शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको थियो । गृहमन्त्री लामिछानेले नागरिकले शुसाशनको प्रत्याभूति महसुस हुनेगरी काम गर्न पनि निर्देशन दिनु भएको थियो । उहाँले बिपदबाट जनधनको क्षति नहोस भनेर पूर्वतयारीका साथ काम गर्नु पर्नेमा समेत जोड दिनुभएको थियो ।

गृहमन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । उहाँले जनताका काम छिटो र सहज रुपमा गर्नु पर्ने पनि बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४