Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेतो मच्छिन्द्रनाथलाई गराइयो महास्नान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शुक्रबार महास्नान गराइएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथलाई परम्परा अनुसार महास्नान गराइएको हो । यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधानहरु पनि छन् ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।

महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ । त्यसपछि मूर्तिलाई लगाइदिइएका सबै कपडाहरु फुकालिन्छ र शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ ।

त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् । यो कार्यक्रम सुरु हुनुअघि बसन्तपुरबाट जीवित देवी कुमारीलाई ल्याइएको हुन्छ ।

त्यसपछिमात्रै महास्नानको मुख्य कार्यक्रम सुरु हुन्छ । महास्नान रातिमा हुन्छ । महास्नान गराइएको भोलिपल्ट मूर्तिलाई घाम तपाउने प्रचलन छ । तर, घाम तपाउँदा बादल लाग्ने धार्मिक विश्वास छ ।

माटोले बनेको मूर्तिको मर्मत र रंगरोगन पनि घाममा राखेर चित्रकार समुदायले गर्दछन् । मूर्तिको मर्मत गर्नुपर्‍यो भने वा कुनै देवदेवीको मूर्ति बनाउनुपर्‍यो भने मैह्पीको डाँडोबाट माटो ल्याउने चलन छ । रंगरोगन गर्दा रंगमा सुन मिसाएर लगाउने स्थानीयको भनाइ छ ।

साइत हेरेर मानिसको जस्तो १० कर्मको संस्कार पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमाको दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई नयाँ पहिरन लगाइदिइन्छ ।

यी काम जारी रहँदा सेतो मच्छिन्द्रनाथको नित्य पूजा भने मूर्तिको साटो कलशमा गरिन्छ । दश कर्मको विधि सकिएपछि मूर्तिमा प्राणप्रतिष्ठा गरेर मन्दिरको यथास्थानमा राखिन्छ ।

हेर्नुहोस् थप तस्वीरहरु :

        

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४