Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 1.4K
    SHARES

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ ।

परिषदले आज शुक्रबार पत्रकार सम्मेलन महोत्सवकाे बारेमा जानकारी गराएकाे हाे । साेही सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गर्न लागिएकाे बताउनुभयो । उहाँले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताउनुभयो ।

उहाँले सडक महोत्सव नगरिकन आम सर्वसाधारणहरुलाई ठमेल लैजान नसक्ने बताउनुभयो । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक सांगितिक कार्यक्रमदेखि सांस्कृतिक सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिने समेत बताउनुभयो । उहाँले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने लक्ष्य रहेकाे बताउनुभयो । १ लाख दर्शकहरुको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको समेत बताउनुभयो ।

सडक महोत्सवको लागि हरेक रेष्टुराँहरुले आफ्ना प्याकेजहरु सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि बताउनुभयो। उहाँले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सडकमा नै सोचे जस्तो पारिवारिक वातावरणमा खान, बस्न र घुम्न पाउने बताउनुभयो ।

नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने बताउनुभयो । उहाँले ठमेललाई पर्यटकीय नगरीको रुपमा सरकारले घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिबार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट सुरु भइ मध्य रातिसम्म सञ्चालन हुने भएकाे छ । साेही कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने आयोजकले जनाएको छ । महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम र ठमेलका व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शन हुने भएकाे छ ।

परिषदले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४