Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्याम थापातर्फ इशारा गर्दै पेलेले भने– २२ नम्बर इज गुड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । ब्राजिलका महान खेलाडी पेलेको गएराति (बिहीबार राति) ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको साओ पाउलोस्थित अलवर्ट आइन्स्टाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अदभूत फुटबल कलाका कारण पेलेका समर्थकहरु संसारभर थिए । न्युयोर्क कसमस क्लबका लागि व्यवसायिक फुटबल खेलिरहेका पेले सन् १९७७ मा प्रदर्शनी खेल खेल्न ३ दिनका लागि भारत आएका थिए ।

कोलकातास्थित इडेन गार्डेन रंगशालामा करिव ६० हजार समर्थकमाझ कोलकाताकै स्थानीय क्लब मोहन बगानसँग पेलेको टिमले एउटा खेल खेलेको थियो । सो खेलमा एकजना नेपाली मूलका खेलाडी श्याम थापाले मोहन बगानबाट खेलेका थिए ।

गुल्मीमा जन्मिएका श्याम थापा भारतीय सेनामा कार्यरत पितासँगै रहने क्रममा भारतमै हुर्किए । उनले भारतकै लागि फुटबल खेलेका हुन् । सन् २००४ यता उनले करिव ८ वर्ष नेपालको उमेर समूहदेखि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।

केही महिनाअघि श्याम थापा नेपाल आएको समयमा खेलाडी डट कम र हाम्रो फुटबल फ्यान नामक संस्थाले उनीसँग साक्षात्कार गरेको थियो । थापाले ४५ वर्षअघि कोलकातामा पेलेको आगमन र फुटबल माहोल सम्झँदा अहिले पनि उत्साहित हुने बताएका थिए ।

‘पेले एसियामै पहिलोपल्ट आएका थिए । उनलाई हेर्न भारतभरबाट र नेपालबाट समेत मानिसहरु आएका थिए,’ थापाले त्यो खेलअघिको माहोल सम्झिए, ‘इडेन गार्डेनमा ९० हजार समर्थकले एउटै स्वरमा पेले… पेले…नारा लगाउँदा छुट्टै रौनक थियो । रंगशाला बाहिर पनि २०÷२५ हजार थिए होलान् ।’

पेलेको टिमसँग मोहन बगान टिम २–१ ले पराजित भयो । खेलपछि पत्रकारहरुसँगको कुराकानीमा पेलेलाई सोधियो, ‘भारतका खेलाडीमध्ये कुन राम्रो लाग्यो ?’

मोहन बगानका लागि २२ नम्बर जर्सी लगाएका थापाले भने, ‘उनले जर्सी नम्बर २२ इज गुड भनेछन् ।’

भारत आउँदा पेले ३७ वर्षका थिए । थापाका अनुसार पेलेले खेलमा गोल भने गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४