Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वरीयतामा असन्तुष्टि जनाउँदै मन्त्रालय गएनन् उपप्रधानमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् ।

सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उनी बिहीबार पनि गएनन् । तर उनले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गरिरहेका छन् । त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ । हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए । एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरीयतामा थिए ।

तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ ।

स्रोतका अनुसार श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गरेका थिए । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ ।

माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ । अध्यक्षहरुबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४