Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ ।

महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ ।

काठमाडौं महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लिएर गएको थियो । तर स्थानीय विरोधमा उत्रिएपछि महानगर पछि हटेको थियो । गृहमन्त्रीमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै महानगरले मन्त्रालयलाई समन्वयका लागि भन्दै पत्र पठाएको छ ।

महानगरले यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी नपाएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । तर थापाथलीमा बस्दै आएका सुकुम्बारी उचित व्यवस्थापन विना आफूहरुलाई हटाउन नपाइने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४