काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने आज सरकारी निवास पुल्चोकमा सरेका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार दिउँसो सरकारी निवास पुल्चोकमा सरेका हुन् ।
सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको छ ।