Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अर्थ र गृहमन्त्रीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न समेत निर्देशन दिए ।

राजस्व संकलनमा तुरुन्तै सुधार आउनु पर्ने भन्दै उनले यसमा राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागि आफु तयार रहेको बताए ।

बैठकमा गृहमन्त्री लामिछानेले सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने काममा गृह मन्त्रालयको सक्रियतामा कुनै कमी नहुने आश्वासन दिए । उनले सुरक्षा निकायका प्रमुखलाई तत्काल कार्ययोजना बनाएर काम समेत समेत निर्देशन दिए । उनले कर्मचारीलाई कुनै राजनीतिक दवाव र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोवलका साथ काम गर्न समेत निर्देशन दिएका छन् ।

नेपालमा राजस्वबाट संकलित रकमले चालु खर्च समेत धान्न नपुग्ने अवस्था आएसँगै अहिले सरकार दबावमा रहेको छ । भन्सार र आन्तरिक दुवै राजस्वमा उल्लेख्य कमी आएको छ । जसका कारण सरकारले ऋणमा भर पर्नुपर्ने अवस्था छ । यसो हुनुमा राजस्व चुहावट हुनु समेत कारण रहेको निष्कर्ष छ । उता, आन्तरिक राजस्व विभागले समेत अहिले बजार अनुगमन तीव्र बनाएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४