Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार शपथ लिँदैछन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ । जस अनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् ।

बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसक्नु भएको छ र बाँकी १ सय ९ प्रदेशसभा सदस्यलाई ढुङ्गानाले बिहीबार शपथ गराउनु हुनेछ ।

शपथ ग्रहणको कार्यक्रम दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौंडामा राखिएको छ ।

यस्तै, बुधबार नै गण्डकी प्रदेशसभाका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिनु भएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अरु सदस्यलाई बिहीबार शपथ गराउनु हुनेछ ।

दिउँसो १ बजे प्रदेश सभा सचिवालयमा शपथको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा बिहीबार ५९ जना सदस्यले शपथ लिने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४