Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर-गगन पक्षले आफू पक्षीयको भेला डाक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १३ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ । उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो । आज सामान्य छलफल ग¥यौं । केन्द्रीय समिति र प्रदेश समितिमा जितेका/हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ ।’ बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने ।

यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन् ।

आजको बैठकमा प्रदेशमा संसदीय दलको नेतामा उम्मेदवारी दिने वा कसलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । प्रदेश संसदीय दलमा आफ्नो पक्षको उम्मेदवारका बारेमा निर्णय लिन प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका आफू पक्षीय नेतालाई जिम्मेवारी दिइएको छ । ‘हाम्रो पक्षबाट प्रदेश सभापतिमा लडेकाले त्यस प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर निर्णय लिन जिम्मेवारी दिइएको छ,’ नेता केसीले भने ।

बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, रामकृष्ण यादव, सरिता प्रसाईं लगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४