Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १३ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन बुधबार हुने भएको छ ।

जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० देखि १ः३० बजेसम्म नाम फिर्ता लिने कार्यतालिका छ ।

दिउँसो १ः३० देखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ देखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि २ः३० देखि ३ः३० सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४