Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छिटो र ठूलो जिम्मेवारी रवि लामिछानेको काधमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १२ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । पत्रकारिता कर्म छाडेर ६ महिना अघि नयाँ दलको घोषणा गर्दै नेपाली राजनीतिमा आएका रवि लामिछानेले सामान्य रुपमा अनुमान गरिएभन्दा छिटो र सोचेभन्दा ठूलो राजकीय जिम्मेवारी प्राप्त गर्नुभएको छ । यो नयाँ जिम्मेवारी सम्हाले लगत्तै गरेका केही निर्णयले सकारात्मक सन्देश दिएको छ । यद्यपि समग्र मूल्यांकनका लागि भने केही समय अझै कुर्नु उपयुक्त हुने छ ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेलगत्तै गरेका केही निर्णयले सबैको ध्यान तानिएको छ । सवारी नियम र खासगरी सडक लेनको पालना एवम् मापदण्ड विपरित खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्देशन कुनै ठूलो निर्णय होइन् । तर, सन्देशका हिसाबले यसको निकै ठूलो महत्व छ । त्यस्तै, सेवाग्राहीको कामलाई छिटो छरितो बनाउने र त्यसका लागि टाइम कार्ड लागू गर्ने विषय पनि सुरुवातमा ध्यान तान्ने खालका हुन् ।

तर, नियुक्तिसँगै उठेका अनेक प्रश्नबीचका यी कामहरु अन्यत्र ध्यान मोड्न गरिएको प्रयास मात्रै होइन भन्ने प्रमाणित गर्नका लागि भने कामले परिणाम आउने गरी निरन्तरता पाउन जरुरी हुन्छ । राजनीतिमा नयाँ प्रवेश र प्रवेश लगत्तैको ठूलो राजकीय जिम्मेवारीले उहाँमाथि हरेकको निगरानी हुनु स्वाभाविक हो ।

भक्तपुरको बागेश्वरीमा २०३१ भदौ २० मा जन्मेका लामिछानेले लामो समय सञ्चारकर्ममा विताउनुभयो । ईमेज एफएममा समेत काम गर्नुभएका रविले टेलिभिजनमा भने नेपाल टिभीबाट यात्रा थाल्नु भएको थियो । उहाँले न्यूज २४ मार्फत गिनिज बुकमा नाम लेखाउनेदेखि जनताको समस्या उठाएर चर्चामा आउनुभयो ।

प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट गर्नुभएको छ । अमेरिका बसाईमा रविले आफ्नो पहिलो वैवाहिक जीवन बिगे्रपछि त्यहाँको ग्रीनकार्ड त्यागेको घोषणा गर्नुभएको थियो । यद्यपि, सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिएको र एक दशक अमेरिका बसेर फर्किएपनि नागरिकता नत्यागेको विषय बाहिर आएपछि उत्पन्न विवाद अहिले अदालतमा विचराधीन छ । सोको सुनुवाइका लागि यही पुस २२ गतेको म्याद तोकिएको छ । सुनुवाइसँगै यस मुद्दाको पटाक्षेप पनि हुने नै छ ।

यसै वर्षको असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल गठन गरेर राजनीतिमा होमिनुभएका लामिछानेले चितवन २ बाट प्रतिनिधिसभामा विजय हासिल गर्नुभयो । २० सांसदसहित प्रतिनिधिसभामा चौथो दलको नेता लामिछाने संसदमा कुनै पनि दलले बहुमत हासिल गर्न नसकेको अवस्थामा रणनीतिक हिसाबमा समेत महत्वपूर्ण हैसियतमा हुनुहुन्छ ।

त्यसको लाभ उहाँले पहिलो चरणको सरकार गठनमै उठाउनुभयो मन्त्रिपरिषद्को चौथो बरियतामा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर । राजनीतिक जीवनमा प्रवेश गरेको ६ महिनामा नै यति ठूलो पदीय जिम्मेवारी लिन सफल हुनु सामान्य उपलब्धी होइन् । तर, पदीय जिम्मेवारी प्राप्ति पछि त्यसलाई न्याय गर्नु भने उत्तिकै ठूलो चुनौति हो ।

पुरानाप्रतिको वितृष्णा र परिवर्तनको आकर्षक नाराका बीच नयाँ राजनीतिक धार बोकेर आएका लामिछानेका लागि जनतालाई दिएका आश्वासन पूरा गर्न कम चुनौति छैन । तर, चुनौतिसँगै पदीय हैसियतले केही समय पनि कुर्न नपर्ने गरी अवसर दिएको छ । यो अवसरलाई पूरा गर्न सके परिवर्तनको एजेण्डा व्यहारमै स्थापित हुनेमा दुईमत छैन ।

#रवि लामिछाने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४