Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ११ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् ।रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ ।

तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’

उनले प्रश्न गरेका छन्, ‘…हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ? प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए ।

राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले प्रश्न गरेका छन्, ‘हामीले आफ्नो तर्फबाट राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकौंला ? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौंला ? हाम्रो पार्टीको चरित्र र हिजो हामीले आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?’ पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४