Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनलाई प्रश्न : १५ वर्ष जान्छ भनेको गठबन्धन किन १५ दिनमै टुट्यो ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 1.6K
    SHARES

काठमाडौं । काठमाडौंमा सत्ता समीकरणमा उलटफेर हुँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए । केही दिनदेखि चलिरहेको साहित्य महोत्सवमा सहभागी हुन उनीहरु पोखरा पुगेका थिए ।

६ पुसमा भएको कांग्रेस संसदीय दलको नेतामा गगनले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । गगनको समर्थक अर्का महामन्त्री शर्मा थिए । गगनलाई भारी मतान्तरले हराएर संसदीय दलको नेता चुनिएका देउवाले सरकार गठनका लागि गठबन्धनका दलहरुसँग सम्वाद थाले । तर, कुनै पनि छलफलमा महामन्त्रीद्वयलाई सहभागी गराइएको थिएन ।

शनिबार एक सांसदमार्फत हस्ताक्षर गर्न भन्दै कांग्रेस सांसदहरुलाई बालुवाटारमा बोलाइएको थियो । पार्टीको आधिकारिक व्यक्तिमार्फत खबर नभएकाले महामन्त्रीद्वय गएनन् ।

‘यो ७ दिनमा केके भयो भन्ने पनि थाहा छैन’ पोखरामा भेटिएका महामन्त्री थापाले भने ।

१०–१५ वर्ष जान्छ भनेको गठबन्धन किन १५ दिनमै टुट्यो ? भन्ने हाम्रो प्रश्नमा थापाले भने, ‘यहीकारण हामीले भनेका थियौं, चुनावपूर्व गठबन्धन नगरौं । परिणाम पनि त्यस्तै आयो । प्रचण्डले गरेको निर्णयबारे कुनै टिप्पणी गर्दिनँ, तर गठबन्धनबारे धेरैतिर छलफल गर्ने साथीहरुले पार्टीभित्र चाहिँ कति छलफल गर्नुभयो ?

थापाले अगाडि भने, ‘त्यसैले अब पनि चुनावपछि मात्र गठबन्धन गरौं, चुनावअघि गठबन्धन गरेर अनेक खालका बाचा जनतासँग नगरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४