Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१८ महिनापछि भत्कियो गठबन्धन, कांग्रेस र माओवादी एमालेलाई गुहार्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नयाँ सरकार गठनमा सत्ताको भागवण्डा नमिलेपछि कांग्रेस सहितको पाँच दलीय गठबन्धन भत्किएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित नयाँ सरकार गठनका लागि आइतवार साँझ ५ बजेसम्मको समयसीमा दिनु भएको छ । त्यो समयसीमा सकिन लाग्दा वर्तमान सत्ता गठबनधनमा रहेका दलहरुबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चरणवद्ध रुपमा छलफल भएपनि सहमति जुट्न सकेन ।

आइतबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच सहमतिका लागि छलफल भएको थियो । तर सहमति भने जुटेन ।

खासगरी आलोपालो प्रधानमन्त्रीमा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेको हो । दाहालले पहिलो पालोमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो भने देउवाले पनि पहिलो २ वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आउनु भएको थियो ।

तर त्यसमा सहमपत जुट्न सकेन । सहमति नजुटेसँगै अब गठबनधन भत्किएको छ । कांग्रेस माओवादी दुबै एमालेको समर्थन जुटाउन वार्तामा जुटेका छन् ।

गठबन्धन भत्किनुमा कांग्रेस र माओवादीले एक अर्कालाई दोष लगाएका छन् । माओवादीले कांग्रेसका कारण गठबन्धन भत्किएको आरोप लगाएको छ भने कांग्रेसले माओवादीको कारण गठबन्धन टुटेको आरोप लगाएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्दा २०७८ असार २९ गते कांग्रेस सहितको पाँच दलीय गठबनधन बनेको थियो ।

१८ महिना पछि गठबनधन भत्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४