Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुद्ध एयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेतको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 3.5K
    SHARES

काठमाडौं । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उनको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।

७० वर्षको उमेरमा उनले बुद्ध एयर स्थापना गरेका थिए । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् । बस्नेतका २ छोरा र १ छोरी छन् ।

“हनुमान एयर’ राख्ने सल्लाह भएको कम्पनीको नाम कसरी रह्यो ‘बुद्ध एयर”?

नेपालको निजी लगानीको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । ११ अक्टोबरलाई कम्पनीले वार्षिकोत्सवका रुपमा मनाउने गर्छ । बुद्ध एयरले आफ्नो ‘इनफ्लाइट म्यागेजिन’मा प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षका रोचक सन्दर्भहरु कोट्याएर प्रस्तुत गरेको छ । जसमा उनले कम्पनीको नामाकरणदेखि पर्वतीय उडानका सफलताहरुलाई स्मरण गरेका छन् । हरेक वर्ष ३० लाख भन्दा बढी यात्रुलाई सेवा दिएको बुद्धको नामाकरण गर्दाको क्षणलाई बस्नेतले रोचक ढंगले स्मरण गरेका छन् ।

उनकाअनुसार कम्पनी स्थापना गर्ने तयारीका क्रममा नाम र लोगो के राख्ने भन्नेमा अलमल थियो । सुरुमा ‘हनुमान एयर’ राख्ने भनेर सल्लाह पनि भएको थियो । बस्नेतका अनुसार पछि घर परिवार र साथीहरुको सल्लाहमा बुद्ध एयर राख्ने निर्णय लिइयो । त्यसपछि लोगोमा बुद्धको मूर्ति राख्ने निर्णय भयो । लोगो निकै आकर्षक बनेको उनको भनाइ छ । तर, उनका एक श्रीलंकन साथीले ‘यो जहाजमा कोही पनि चढ्दैनन्’ भनेर चेतावनी दिए ।

उनको तर्क थियो, टिकट र बोर्डिङ पासमा बुद्ध राखेका कारण यो टिकट च्यातिन्छ, कुल्चिन्छ र धार्मिक भावनामा ठेस पुग्छ भन्ने तर्क दिए । त्यसपछि लोगो परिवर्तन गर्ने निर्णय भएको उनले सम्झिए । उनका अनुसार न्यूरोडमा रहेका कलाकारलाई तत्कालै भेटेर लोगो परिवर्तन गर्न लगाइएको थियो । लोगो परिवर्तन गर्दा हिज्जेमा गल्ती भएको छ । ‘बुद्ध’ हुनुपर्नेमा ‘बुध्द’ भएको छ । संयोगवशः भएको यही गल्ती नाम नै बोकेर बुद्ध अहिले निरन्तर दैनिक ८ हजारसम्म यात्रुलाई सेवा दिइरहेको छ ।

विजनेश प्लान बनाउँदा वर्ड र एक्सेलको सिकाइ

बस्नेतका अनुसार बुद्ध एयरले सुरुवातमा ३२ करोड रुपैयाँ पर्ने बीचक्राफ्ट जहाजबाट उडान थाल्ने योजना बनाएको थियो । यो जहाज किन्न रकमको जोहो किन्न समस्या रहेको उनी सम्झन्छन् ।

कम्पनीको वित्तीय योजना हेर्ने मदनबहादुर श्रेष्ठ र आफू मिलेर बिजनेश प्लान बनाउँदा वर्ड र एक्सेल चलाउन सिकेको बस्नेतले बताए । उनका अनुसार विजनेश प्लान लिएर सञ्चयकोष देखि विभिन्न बैंकमा पुगेका थिए । भनसुनका लागि मन्त्रालय, विभाग र सिंहदरबार र बालुवाटार पनि कुद्नु परेको थियो, अन्तिममा नेपाल बैंक अफ सिलाने र कर्मचारी सञ्चय कोषको सहवित्तीयकरणबाट ऋण स्वीकृत भए पछि बुद्ध एयरले जहाज किनेको थियो ।

९९ जना कर्मचारीबाट सुरु

बुद्ध एयरको सुरुवातमा ९९ जना कर्मचारी थिए । बस्नेतका अनुसार कार्यालय भने सुरुवातबाटै जावलाखेलमा खोलिएको हो । सुरुवाती चरणका ९९ मध्ये ४९ जना कर्मचारी अझै पनि कार्यरत छन् । उनले भनेका छन्, ‘साँघुरो अफिसमा कच्याकुचुक परेर बस्थ्यौं ।’ अहिले कम्पनीसँग १५ सय कर्मचारी छन् । बुद्ध एयरले ११ अक्टोवर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको हो । त्यसबेला काठमाडौंबाट माउन्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । त्यसअगाडी दशैंको टिकाको दिन बुद्धले पोखरामा परीक्षण उडान गरेका थियो । बस्नेत सोही परीक्षण उडानमार्फत पहिलो पटक पोखरा ओर्लिएको स्मरण गरेका छन् ।

बस्नेतले आफ्नो स्मरणमा अन्तर्राष्ट्रिय उडान, आपतकालीन अवस्थामा हवाई सेवा, कोभिड-१९ को चुनौती र दुर्घटनाबाट सिकेका पाठलाई समेत उल्लेख गरेका छन् । पछिल्लो समय बुद्धको जहाज २५ सेप्टेम्बर २०११ मा दुर्घटनामा परेको थियो । माउण्टेन फ्लाइटबाट फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्दा १६ यात्रु र ३ चालक दलका सदस्यसहित १९ जनाको मृत्यु भएको थियो । त्यसपछि कमपनीले उडान र जनशक्तिलाई सशक्त बनाएको र तालिमलाई व्यापक बनाएको उनले बताएका छन् । कम्पनीले २५ सेप्टेम्बरलाई इमरजेन्सी रिस्पन्स डेका रुपमा मनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४