Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ८ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यहि पुस १० गतेसम्मको समय दिएकाले सत्ता साझेदार ३ दलबीच छलफल सुरू भएको हाे । तर प्रधानमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दावी रहेकाले गठबन्धनमै समस्या आएको छ । बिहिबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका नेताहरूबीच बालुवाटारमा भएको छलफलबिना निष्कर्ष टुङ्गिएको थियो ।

बिहिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकमा माओवादी अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राख्नुभएको थियो । कांग्रेसले भने तेस्रो दललाई कसरी प्रधानमन्त्री दिने भन्ने प्रश्न उठाएको कुरा नमिलेपछि आज शुक्रबार पुनः बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियाे । ३ जना शीर्ष नेताबीच बिहीबार पनि छलफल हुने भएको छ ।

शुक्रबार प्याकेज डिल गरेर कुरा मिलाउने प्रयास हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४