Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप हारेपछि फ्रेञ्च खेलाडीमाथि भएको रंगभेदी टिप्पणीको निन्दा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.4K
    SHARES

काडमाडौं । विश्वकपमा पेनाल्टीमार्फत अर्जेन्टिनासँग हारेपछि फ्रान्सका केही खेलाडीमाथि भएकोे रंगभेदी टिप्पणीप्रति फ्रेञ्च फुटबल फेडेरेसन(एफएफएफ) ले आपत्ति जनाएको छ ।

एफएफएफले खेलाडीमाथि भएको रंगभेदी व्यवहारको निन्दा गरेको छ ।

एफएफएफले बुधबार ट्वीट गरेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सका केही खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी आरोपसहित घृणित टिप्पणीहरु भएको छ । जुन नितान्त अस्विाकार्य रहेको छ । एफएफएफ त्यसको निन्दा गर्छ र त्यस्तो लेख्नेमाथि उजुरी दायर गर्नेछ ।’

फ्रान्सका फरवार्ड किङ्स्ले कोमान र मिडफिल्डर अरेलियन टचोमेनीमाथि रंगभेदी टिप्पणी भएको थियो । कङ्स्लेको पेनाल्टी अर्जेन्टिनी गोलकिपर इमिलियानोले बचाएका थिए भने टचोमेनीको बल पोष्ट बाहिर गएको थियो । जसका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकपको उपाधि गुमाएको थियो ।

कोमानको क्लब बायर्न म्युनिखले पनि २६ वर्षीय खेलाडीको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा रंगभेदी व्यवहारको निन्दा गरेको थियो ।

फेसबुक पोष्टमा लेखिएको छ, ‘बायर्न म्युनिख हाम्रा खेलाडी किङस्ले कोमानमाथि भएको रंगभेदी आरोपको निन्दा गर्छ । टिम तिमीसँगै छ, किङ (राजा) रंगभेदी कुराले खेलकुद र समाजमा कुनै पनि स्थान राख्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४