Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ ‍लिदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ ‍लिदै हुनुहुन्छ ।

उहाँले राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम तय भएकाे हाे । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।

सभामुख चयन नहुँदा प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सांसदहरुलाई शपथ दिलाउनुपर्छ । सोही व्यवस्था अनुरूप ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संसद भवनमा नवनिर्वाचित अन्य सदस्यलाई बिहिबार दिउँसो १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सदस्यहरुले शपथ लिएपछि पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४