Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको भोली हुने संसदीय दलको निर्वाचनमा दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । दुई उम्मेदवारबीच संसदीय दलमा प्रतिस्पर्धा हुने भएको छ । महामन्त्री थापा संस्थापन इतरसमूहका साझा उम्मेदवाार हुन भने संस्थापनबाट देउवाबाहेकको दावी रहेको थिएन् ।

सभापति देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । मनोनयनपत्रमा उनीहरूको हस्ताक्षरपछि उमेदवारी दर्ता गरिएको छ । यस्तै इतरसमूहबाट उम्मेदवार बनेका थापाको प्रस्तावकमा सो समूहका नेता डा. शेखर कोइराला बसेको छन भने उनको प्रस्तावलाई उपसभापति धनराज गुरङ र महामन्त्री विश्वप्रशका शर्माले समर्थन जनाएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि संस्थापन इतरसमूहबाट साझा उम्मेदवार बनेका महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । थापाको मनोनयनपत्रमा प्रस्तावक र समर्थकको दुवैले हस्ताक्षर गरिपछि दर्ता गरिएको हो । इतरमूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएर हस्ताक्षर गरेका हुन् । गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएपछि नयाँ माहोल सिर्जना भएको छ ।

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गरेका छन् । शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन कुमार थापालाई समर्थन गरेपछि शर्मा आएका हुन् । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्नेछन् । संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४