Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कसरी भए गगन सर्वसम्मत उम्मेदवार ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2K
    SHARES

काठमाडौं । डा. शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्नु भएको छ ।

गगनको प्रस्तावकमा डा.कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ,अर्का महामन्त्री विश्व प्रकाश शर्मा र सांसद प्रदिप पौडेल रहनु भएको छ । यस अघि कोइराला पनि संसदीय दलको नेतामा उठ्ने हल्ला चलेको थियो । तर मंगलबार एका एक थापा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बन्नु भएको हो  ।

नेतृत्वमा युवा पुस्ताको बहस चलिरहेका बेला कोइरालाको यो निर्णयले पार्टी भित्रै प्रशंसा मात्र भइरहेको छैन सामाजिक संजालमा युवा पुस्ताले हौसिएर कोइरालाको निर्णयको स्वागत गरेका छन् । अवसर प्राप्त हुँदा कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री हुने कांग्रेस भित्र परम्परा रहेको छ ।

  • कसरी भयो त सहमति ?

गगन कुमार थापाले आम निर्वाचनकै बेलादेखि नै आफू संसदीय दलको नेतामा उम्मेदवार बन्ने बताउँदै आउनु भएको थियो । उता डा. शेखर कोइरालाले पनि आफ्ना निकटमा नेताहरुसँग भित्री रुपमा संसदीय दलको नेता बन्ने चाहना व्यक्त गर्दै आउनु भएको थियो । बुधबार संसदीय दलको नेता चयनको लागि निर्वाचन तय भएपछि कोइराला समूह सोमबार र मंगलबार काठमाडौंको एक होटलमा आफ्नो तर्फबाट कसलाई संसदीय दलको सर्वसम्मत उम्मेदवार बनाउने भन्ने छलफलका जुटेको थियो ।

छलफलमा कोइरालाले थापालाई संसदीय दलको नेतामा सहयोग गर्ने र थापाले कांग्रेसको आगामी १५ औं महाधिवेशनमा सभापतिका लागि कोइरालालाई सहयोग गर्ने सहमति भएको एक कांग्रेस नेताले जानकारी दिएका छन् । त्यसपछि नै थापा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सफल हुनु भएको हो ।

गत १४ औं महाधिवेशनमा थापा कोइराला समूहबाटै पार्टीको महामन्त्रीमा निर्वाचित हुनु भएको थियो । कोइराला भने सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । तर त्यतिबेलाका सभापतिका उम्मेदवार प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधिले दोस्रो पटकको मतदानमा अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेपछि कोइराला देउवासँग पराजित हुनुभएको थियो ।

यसरी कोइराला र गगनबीच एक अर्कालाई सघाउने विषयमा शर्त सहित सहमति भएको ती नेताको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४