Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रीय सदस्‍य निलम्बित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।

जन प्रहारलाई प्राप्त म्यासेजमा बजगाईंले पटक–पटक ती किशोरीलाई अश्लील शब्द प्रयोग गरी म्यासेज पठाएको देखिन्छ ।

अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् । ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाइँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’ माओवादीको आन्तरिक सर्कुलरमा भनिएको छ, ‘तत् सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’

बजगाईंलाई सम्पर्क गर्ने जन प्रहारको प्रयास भने सफल हुन सकेन । माओवादी केन्द्रीय कार्यालयले समेत आफूहरुले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएको बताइएको छ ।

यसैबीच बजगाईंमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन आयोगले काम थालेको छ । आयोगका अध्यक्ष टंक राईले आफूले पीडित किशोरीसँग प्रारम्भिक बयान लिएको बताएका छन् ।

‘पीडितलाई भेटेर प्रारम्भिक कुराकानी गरेका छौं’ राईंले भने, ‘१० दिनभित्र प्रतिवेदन बुझाउने गरी काममा लागेका छौं । तलसम्म गएर छानबिन गर्छौं ।’

बजगाइँ सम्पर्कमा नआए आफूहरुले पत्र काटेर बयानका लागि बोलाउने राई बताउँछन् । सफाइका लागि समय दिंदा पनि नआए बजगाईं दोषी भएको ठहर हुने उनको भनाइ छ ।

अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले बताएको छ ।

 हेर्नुहोस्  पत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४