Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले दर्ता गरे संसदीय दलको नेताका लागि मनोनयन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर देउवाले मनोनयन दर्ता गर्नु भएको हो । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहनु भएको छ भने समर्थकमा उपसभापति पूर्ण बहादुर खड्का रहनु भएको छ । देउवा इतर समूहबाट भने कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

कांग्रेसमा प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष गरी गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट ८९ सांसद निर्वाचित भएका छन् । उनीहरु नै संसदीय दलको नेता चयनका लागि मतदाता रहनेछन् । संसदीय दलका लागि आज मनोनयन दर्ताको समय तोकिएको हो भने निर्वाचन बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुँदैछ । मनोनयन दर्ताका लागि देउवा र अर्का उम्मेदवार गगन कुमार थापा सँगै संसदीय दलको कार्यालय पुग्नु भएको थियो ।

दर्ता#देउवा#संसदीयदल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४