Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनलाई संसदीय दलमा अघि बढाउने औपचारिक घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ ।

कोइरालाले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर थापालाई संसदीय दलको नेता बनाउन औपचारिक रुपमा प्रस्ताव गर्नुभएको हो । थापाको समर्थकमा भने अर्का महामन्त्री विश्व प्रकाश शर्मा रहनु भएको छ । यो सँगै अब कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र थापाको भीडन्त निश्चित भएको छ । कोइराला समूहको सोमबार र मंगलबार भएको छलफलले थापालाई देउवाको विकल्पका रुपमा संसदीय दलको नेतामा अघि सार्ने सहमति जुटाएको हो । कांग्रेस संसदीय दलको निर्वाचन बुधवार हुँदैछ ।

कांग्रेसमा प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष गरी गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट ८९ सांसद निर्वाचित भएका छन् । उनीहरु नै संसदीय दलको नेता चयनका लागि मतदाता रहनेछन् । संसदीय दलका लागि आजै मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४