Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेलकुदमय पोखरा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.4K
    SHARES

पोखरा । राष्ट्रिय खेलकुद परिषद्ले गर्दै आएको वृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्ने मौका पायो । असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रदेश राजधानी पोखरामा भएको राष्ट्रिय प्रतियोगिताले गण्डकी गर्मायो । वृहत् राष्ट्रिय खेलकुदको सुरुआती संस्करणबाट सधैं पदक बागमतीकै वरिपरि घुम्दै आएको थियो । तर, यसपटकको प्रतियोगितामा गण्डकीले राम्रो खेल प्रदर्शनमात्रै दिएन बागमतीलाई उछिन्दै पहिलो पटक प्रदेशतर्फ सर्वोत्कृष्ट बन्न सफल भयो ।

वृहत् राष्ट्रिय खेलकुदमा राम्रो खेल प्रदर्शन गरेको गण्डकी प्रदेशमा अहिले एकपछि अर्को साना ठूला खेलकुदका गतिविधि हुन थालेका छन् । भर्खरैमात्र पोखरा रंगशालास्थित टेनिस कोर्टमा अन्तर्राष्ट्रियस्तरको जुनियर टेनिस प्रतियोगिता सकियो । मंसिर १३ गतेदेखि दुई सातासम्म चलेको उक्त प्रतियोगितामा विभिन्न ९ देशका ९८ जनाभन्दा बढी खेलाडी सहभागी थिए ।

पोखरामै केही समयको अन्तरालमै मोफसलकै चर्चित आहारारा गोल्डकपदेखि टाइगरकप, टुर दी पोखरा, पोखरा म्याराथनलगायत ठूला राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुँदैछन् । बुधबारदेखि पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो मेयर कप साइकल प्रतियोगिता हुँदैछ ।

५० किलोमिटर दूरीमा विभिन्न तीन विधामा हुने साइकल दौडमा सहभागी हुन कास्कीसहित करिब एक दर्जन जिल्लाका खेलाडीहरु पोखरा आउन लागेको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए । साइकल दौडलगत्तै पुस ९ गते नै साइकल सिटी पोखराको आयोजनामा ‘टुर दी पोखरा’ हुँदैछ । छैटौं संस्करणसम्म आइपुग्दा साइकल सिटीले बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित बागलुङ कालिका मन्दिरदेखि पोखरासम्म र्‍याली पनि हुने आयोजना गर्ने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए ।

यही महिनामै २ दशकभन्दा बढी समयदेखि मोफसलमा अन्तर्राष्ट्रिय टोली उतारेर आफ्नो छुट्टै शाख बनाउन सफल आहारारा गोल्डकप पुस १४ गतेबाट पोखरा रंगशालामा हुँदैछ । सहारा क्लबले आयोजना गर्दैै आएको प्रतियोगितालााई २२ औं संस्करणमा नाम परिवर्तन गरिएको छ । क्याराभान कपबाट सुरु भएको प्रतियोगिता यसपटकदेखि ‘आहारारा पोखरा गोल्डकप’मा परिणत भएको छ ।

बर्सेनि आयोजना हुँदै आएको आहारारा पोखरा गोल्डकपमा पनि दर्शक उल्लेख्य सहभागी हुँदै आएका छन् । मोफसलकै सबैभन्दा बढी रुचाइएको राष्ट्रियस्तरको प्रतियोगिता भएकाले पनि देशभरका खेलकुद अझ त्यसमा पनि फुटबल प्रेमीको ध्यान खिच्न सफल हुँदै आएको छ । त्यस्तै, मोफसलबाटै भलिबलको सबैभन्दा चर्चित प्रतियोगिता बनेको ‘टाइगर कप’ पनि पोखरामै हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने टाइगर कपले गण्डकीमा छुट्टै पहिचान बनाउन सफल छ । टाइगर ग्रुप अफ पोखराले उक्त प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

दैनिक हजारौं दर्शक उतारेर गण्डकीमा भलिबलको सदाबहार क्रेज देखाउन टाइगर कप सफल छ । भलिबलबाट राष्ट्रिय महिला तथा पुरुष दुवै टोलीको कप्तानीको भूमिका गण्डकीकै खेलाडीले निभाउँदै आएका छन् । पुरुष राष्ट्रिय टोलीका कप्तान मानबहादुर श्रेष्ठ कास्की र महिला राष्ट्रिय टोली कप्तान अरुणा शाही म्याग्दीका हुन् । भूतपूर्व खेलाडी मञ्चले बर्सेनि आयोजना गर्दै आइरहेको पोखरा म्याराथन यस वर्ष फागुन पहिलो साता हुँदैछ । अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी हुने भए पनि अघिल्ला संस्करणमा आधिकारिकता विवाद हुँदै आए पनि यसवर्षदेखि त्यो विवाद अन्त्य भएको छ । हालै मात्र म्याराथनको रुटले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे पछि यसको रौनक झनै बढ्ने मञ्चको दाबी छ ।

राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा लगालग खेल हुँदा गण्डकीको खेल क्षेत्रमात्रै नभएर अर्थतन्त्रलाई पनि सघाउ पुग्ने खेल सरोकारवाला बताउँछन् । ‘खेलकुद भनेको सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण पाटो पनि हो,’ गण्डकी खेलकुद परिषद् निवर्तमान सदस्यसचिव तेज गुरुङ भन्छन्, ‘अहिले विश्व परिवेशमा खेलकुद केवल मनोरञ्जन वा जित र हारमामात्रै सीमित छैन । अहिले समाज र अर्थसँगै जोडिन्छ ।’

गण्डकीमा निरन्तर खेल हुँदा पोखरालाई खेलकुदको राजधानी बनाउन पनि सहयोग पुग्ने गुरुङको भनाइ छ । ‘हामीले पोखरालाई स्पोर्टस्को राजधानी भन्दै आएका छौं । यस्ताखालका मेघा इभेन्टले झनै सहयोग पुर्‍याउँछ । हाम्रो समाजलाई नै माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।

पोखरामा खेलकुद गतिविधिमात्रै नभएर सरकारी तवरबाटै खेलकुद पढाइ हुने भएकाले पनि गतिविधि बढाउन सहयोग पुगेको गुरुङको भनाइ छ । गण्डकी विश्वविद्यालयले ब्याचलर्स इन स्पोर्टस् पढाइ हुँदै आएको छ ।

पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका गुरुङले गण्डकीमा खेल क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरेका छन् । ‘खेलकुद भनेको लैंगिक समानताको विषय पनि हो । त्यसले यसमा लगानी गर्दा कसैलाई घाटा हुँदैन,’ उनले भने, ‘खेलकुद एकता बनाउने एउटा माध्यम पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४