Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा १७ अंकको वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार मापक बढेको छ ।

नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार १५८ कम्पनीका शेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका शेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता शेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।

सोमबार समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको शेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । सोमबार मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ ।

सबैभन्दा धेरै रकमको शेयर कारोबार भने नबिल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नबिल बैंकको शेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर शेयरको पनि सोमबार कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४