Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलमा छुट्टै बल प्रयोग गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ ।

समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग हुने छैन ।

सेमिफाइनल र फाइनल खेलमा फिफाले ‘अल हिल्म’ नामक बल प्रयोग गर्ने भएको छ । फिफा र एडिडास कम्पनीले आइतबार सो बल सार्वजनिक गरेका छन् ।

‘अल हिल्म’ अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो ।

यसअघि ‘अल रिहला’ बलमा जस्तै यस बलमा पनि ‘कनेक्टेड बल टेक्नोलोजी ’को प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ ।

यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरुभूमिको प्रारूप दिन्छ ।

यस्तै, फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ । यसपटक ‘अल रिहला’ को प्रयोगमार्फत ‘अर्ध स्वचालित अफसाइड प्रविधि’ को नयाँ प्रयोग पनि गरिएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४