Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २५ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । साविक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई तथा मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो ।

फ्रान्सका लागि ओरेलिएन चुवामेनी र ओलिभर जिरुडले एक एक गोल गरे ।

इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल गरेका थिए । तर, केनले नैं खेलको अन्त्यतिर अर्को एउटा पेनाल्टी अवसर खेर फालेपछि इंग्ल्याण्डले खेल बराबरी गर्ने मौका गुमाएको थियो ।

खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए ।

शनिबार रातिको पहिलो खेलमा पोर्चुगललाई १–० ले हराउँदै मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो ।

खेलमा मोरक्कोलाई विजयी गराउन योसुफ एन–नेसिरीले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा नेसिरीले गोल गर्दै मोरक्कोलाई पहिलो पटक सेमिफाइनलमा प्रवेश गराए ।

अफ्रिकी महादेशको उत्तरी मुलुक मोरक्कोले जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको छ । अफ्रिकासँगै अरब देशहरुबाट समेत विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो देश बनेको छ ।

अब साविक विजेता फ्रान्सले मोरक्कोसँग सेमिफाइनलमा भिडन्त गर्नेछ ।

विश्वकप फुटबलका सेमिफाइनल खेलहरु मंगलबारदेखि हुनेछन् । मंगलबार हुने पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियासँग खेल्दा बुधबार फ्रान्स र मोरक्को भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४