Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाईको आजको राशीफल कस्तो छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २५ २०७९
  • 2K
    SHARES

आजको पात्रो : २५ मंसिर २०७९, आइतबार । तद्नुसार डिसेम्बर महिनाको ११ तारिक २०२२ । पौषकृष्णपक्ष तृतीया, विष्टि करण, पुनर्वसु नक्षत्र, ब्रम्हा योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४५ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज बिहान ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिनको सबैभन्दा शुभ समय हो । आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजका देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । आजको दिन यात्रा गर्नु उत्तम रहेको छ । सवारीसाधान, जमिन खरिद विक्रीको लागि दिन उत्तम रहेको छ । आर्थिक कारोबारका लागि दिन त्यति शुभ छैन । अध्ययन, अध्यापन र कुनै नयाँ खोज, अनुसन्धान कार्यको शुरुवातको लागि आजको दिन र बार शुभ रहेको छ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मध्याह्नदेखि भने अरूको भरपर्दा धाेका हुन सक्छ। आफ्नै सहयाेगीले धाेका दिन सक्छन्।महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। विवादास्पद अभिव्यक्तिले भने केही अलमल्याउन पनि सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही खर्चिलाे काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेलैमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम राेकिने र फजुल खर्च बढ्ने समय छ। तापनि, मिहिनेतले केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा यात्राकाे अवसर पनि प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर रकम बाहिरिनाले सञ्चय भने नहुन सक्छ। व्यापारमा फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नदेखि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफ्नैले अवराेध निम्त्याउने हुँदा केही चुनाैती पनि सामना गर्नुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। छिद्र खाेतल्नेहरूबाट भने अलि सावधान रहनुहाेला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
थाेरै भए पनि व्यापारमा लाभ हुनेछ। व्यावसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले मात्र सामान्य काम सम्पादन हुनेछन्। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ। अस्वस्थताकाे बाबजुद कामकाे चाप बढ्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। मध्याह्नदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहाेला। तापनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४