Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेवार समुदायले आज योः मरी पून्हिँ मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । नेवार समुदायको चाडपर्व मध्येको एक योः मरी पून्हिँ पर्व हो । यःमरी भन्नाले आफूलाई मनपर्ने रोटी भन्ने बुझिन्छ । चामलको पिठोलाई मुछेर महाछाकोजस्तो आकार बनाई त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि आफ्नो इच्छा अनुसारको खाध्यवस्तु राखेर यमरी बनाइन्छ । यसरी बनाइएको यमरीलाई पानीको बाफबाट तयार पारिन्छ ।

नेवार समुदायमा प्रचलित कथा अनुसार योमरी देखापरेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेरले पाएको सत्कारबाट प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

यस्तै, नेवार समुदायमा कुनै पनि सभाकार्य न्वारन, विवाह, जन्मदिन गर्ने बेलामा समेत यमरीको प्रयोग गर्ने गरीन्छ । यमरी पूर्णीमाका दिन अन्न भण्डारण गर्ने स्थानमा समेत पुजा गरी अन्नपूर्ण भइ सुख, शान्ति भइरहोस भनी पुजा अराधना गरिन्छ ।

यसदिन बालकदेखि वृद्धसम्मका समूहमा नाचगान गरी टोल टोलमा यमरी माग्न जाने परम्परा छ । यसरी आफ्नो आगनमा यमरी माग्न आएकालाई भगवान समान मानेर यमरी दिने गरीन्छ । यसैदिन रात छोट्टिएर दिन लामो हुने मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४