Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ सिट बाँडफाँट टुंगियो, कुन दललाई कति ? (विवरणसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २१ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या टुंगो लगाएको छ ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेशसभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा )एमाले) ले पाएको छ ।

एमालेले प्रतिनिधि सभामा ३४ र प्रदेशसभामा ७० गरी १०४ सिट पाएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ र प्रदेश सभामा ६४ सिट गरी ९८ सिट प्राप्त गरी दोस्रो स्थान पाएको छ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन ।

यस्तै, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५ सिट पाएको छ । समानुपातिकतर्फको मत संख्याले ‘थ्रेस होल्ड’ सीमा कटाउन नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाउन सकेन । तर विभिन्न प्रदेश सभाहरूमा गरी उसले ९ सिट पाएकाे छ ।

नेमकिपा, राजमो, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी लगायत दलहरुले सिट प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४