Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २१ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरेका थिए । बदर बेनोनको पेनाल्टी प्रहार भने स्पेनका गोलकिपर युनाई सिमोनले रोकेका हुन् । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भएका हन् । सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए । मोरक्कोले अब क्वाटर फाइनलमा पोर्चुगलको सामना गर्नेछ ।

त्यस्तै मंगलबार राति भएको दोस्रो खेलमा स्वीजरल्याण्डलाई हराउँदै पोर्चुगल क्वाटर फाइनलमा प्रवेश गरेको छ। लुसिल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीजरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो । पोर्चुगललाई जित दिलाउने क्रममा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । पेपे, राफायल गुइरेरो र राफायल लियोले १-१ गोल गरेका थिए । स्वीजरल्याण्डका मानुएल एकान्जीले एक गोल फर्काएका हुन् ।

पोर्चुगलले अब क्वाटर फाइनलमा मोरोक्कोसँग खेल्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४