Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिभाकोभिचले ३ पेनाल्टी राेकेपछि जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।

जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो ।

लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार भने पोष्टमा लागेको थियो ।

जापान विरुद्ध पेनाल्टीमा जितपछि क्रोएसियाले विश्वकपमा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ । २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियाले अतिरिक्त समयमा पुगेको तीनमध्ये दुई खेल पेनाल्टीमार्फत जितेको थियो ।

समूह चरणमा पूर्व विजेता जर्मनी र स्पेनलाई हराउँदै सनसनी मच्चाएको जापानले अन्तिम १६ को खेलमा पनि पहिले गोल गर्दै क्रोएसियाविरुद्ध अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न नसक्दा बराबरी गोल बेहोर्‍यो ।

४४औं मिनेटमा दाइजेन माएदाले रित्सु दोअनको क्रसमा प्राप्त बलमा सिक्स यार्ड बक्सबाट गोल गरे । पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजान लोभरेनको पासमा गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । दुवै टिमका गोलकिपरले केही राम्रा बचाउ पनि गरे । क्रोएसियाले अब ब्राजिल र दक्षिण कोरियाबीच आजै मध्यरातमा हुने खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४