Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा ‘चारको मृत्यु, भौतिक संरचनाहरू ध्वस्त’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । रुसले सोमबार फेरि युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा गरेको छ । पछिल्ला दुई महिनामा रुसले आठौं चरणको क्षेप्यास्त्र वर्षा गराएको हो ।

सोमबारको आक्रमण पनि उर्जा तथा अन्य भौतिक संरचनामा लक्षित भए पनि चार जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट छिमेकी मोल्दोभामा पनि विजुली आपूर्तिमा समस्या आएको बताउनु भएको छ । जेलेन्स्कीले रुसी आक्रमण युक्रेनमा मात्रै नभई त्यस क्षेत्रमै विस्तार भईरहेको दाबी पनि गर्नुभएको छ ।

रुसले नयाँ हमला गर्दैछ भन्ने हल्ला चलिरहेको बेला रुसभित्र वायु सेनाका दुई वटा आधार शिविरमा बम विष्फोट भएलगत्तै रुसले युक्रेनमाथि क्षेप्यास्त्र बर्षाएको हो । रुसले वायु सेनाका आधारमा भएको विष्फोटका लागि युक्रेनमाथि आरोप लगाएको छ ।

विष्फोटबाट तीन जना कर्मचारीको मृत्यु भएको र दुई वटा हल्काखाले विमानमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४